
काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो ।
बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाउनुभयो ।
सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता देखाएको बताउनुभयो । उहाँले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्