२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा ६ अंकले गिरावट, कारोबार २ अर्ब


143
Shares

काठमाडौं । बुधबार पनि शेयर बजारमा सामान्य गिरावट जारी रह्यो ।

तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले ऋणात्मक रहेर २ हजार ५६ कायम भएर थामियो । कारोबार सुरु भएदेखि ओरालो लागे २ हजार ४३ मा झरेको नेप्से मध्यान्ह सुधारिएर २ हजार ७४ सम्म पुगेको थियो । यस दिन कारोबार थप खुम्चिएर २ अर्ब तलै सीमित भयो ।

उत्पादनमूलक र लगानी समूहबाहेक अरु सबै समूह ऋणात्मक रहे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च ७५ अंकले गिरावट आउँदा अरु अधिकांश समूह सामान्य दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १८ कम्पनीको ४६ लाख ४० हजार कित्ता शेयर जम्मा १ अर्ब ९४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय १९ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ५६ को बढेको पनि नेप्सेले जनाएको छ ।

यस दिन पनि हिमालयन हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाउँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे ।