२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव चाँडो टुंग्याऔं : सभामुख


598
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाले राणाविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएपनि हालसम्म समितिले काम थालेको छैन । तर सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर जिम्मेवारी निर्वाह गरी तत्काल धारणा ल्याउन आग्रह गर्नुभयो ।

सहजीकरण बैठकमा ११ सदस्यीय छानबिन समितिका ८ जना उपस्थित थिए । बैठकमा संघीय संसद सचिवालयका महासचिव र सचिवलगायत उपस्थित थिए । महाअभियोग सिफारिस समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् ।