
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताउनुभयो । नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने भन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताउनुभयो ।
नेता खतिवडाले देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउनु नहुने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्