१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय, सुनचाँदी व्यवसायी चिन्तित


884
Shares

काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय हुन थालेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले यस क्षेत्रमा ठगी बढेको गुनासो गर्नुभएको हो । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएकोे शाक्यले बताउनुभयो ।

यस्ता गिरोहले नक्कली पसल खडागरी त्यसैको नाममा विल समेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै विक्री वितरण गर्ने गरेको पाइएको पनि शाक्यले बताउनुभएको छ । यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी ब्यवसायी तथा उपभोक्तालाई महासंघले आग्रह गरेको छ ।

यस्ता गिरोहबाट जोगिन आम व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी ब्यवसायी संघको सदस्य रहेको भन्दै वनेपा लगायतका स्थानमा नक्कली गरगहना बिक्रीगर्दै हिँडेको पाइएको जनाइएको छ ।