१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वालिङमा पूर्व वडाध्यक्ष श्रेष्ठ स्कुटरसहित पल्टेको अवस्थामा मृत फेला

'साथै सँगै विषादीको खोलिएको डिब्बा भेटियो'

2.379k
Shares

स्याङ्जा । स्याङ्जाको वालिङमा पूर्व वडाध्यक्ष मृत फेला परेका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा वालिङ नगरपालिका–९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका–१३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्ग भन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

ग १६ प ५४६१ नम्बरको स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका थिए ।

बुधबार राति देखि घरपरिवारसँग उनी सम्पर्कमा रहेका थिएनन् । ५५ वर्षीय बसन्त श्रेष्ठ बाटोको कुना साईडमा मृत उत्तानो अवस्था फेला परेको, Nudon नामक सेतो रङको किटनाषक विषादीको खोलिएको डिब्बा स्कूटर नजिक भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय तह निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।