
फाइल तस्बिर
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
उम्मेदवारले केसीलाई नियुक्त गरेको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन् । केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरेका छन् ।
यस मुद्दाको प्रारम्भिक सुनुवाइ सोमबार हुने छ ।
प्रतिक्रिया दिनुहोस्