
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले वशंजको आधारमा एक वर्षको अवधिमा ९ हजार ५ सय ४ नागरिकता वितरण गरेकोे छ ।
यस्तै वैवाहिक अंगकृत १४ वटा नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा राहदानी ४ हजार १ सय २६ वटा बनेका थिए । जसमध्ये ३ हजार ७ सय ७६ वितरण गरेकोमा २ करोड १० लाख ७५ हजार राजस्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिनुभयो ।
यस्तै, दु्रत राहदानी सेवा सिफारिस १ हजार १ सय ६९ जनाको गरिएको जनाएको छ । त्यस्तै, विपदबाट प्रभावित १ सय ४६ घरपरिवारको लागि आपतकालीन राहत स्वरुप २८ लाख ५५ हजार आर्थिक सहयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिनुभयो ।
यस्तै, अपराधिक घटनाहरु ३२, अभियुक्त पक्राउ ३२ जना, मुद्दा चलाइएको संख्या ३३ रहेको छ । ६ हजार ८ सय ३८ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्