१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुस् : अध्यक्ष गोल्छा


117
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

उहाँले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकोले अब निजी क्षेत्र र सरकार मिले ररोजगारी र व्यवसाय विकासमा जोड दिने बताउनुभयो । अध्यक्ष गोल्छाले उद्योगीहरुले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह गर्नुभयो ।

उहाँले रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजश्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गर्नपनि सरकारसँग आग्रह गर्नुभयो ।

अध्यक्ष गोल्छाले समस्याको समाधानका लागि स्थायी संयन्त्र बन्ने बताउनुभयो । उहाँले पुँजीको लागत बढीरहेकोले उद्योगको बाटो सहज नभएको बताउनुभयो ।