
काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा ल्याएको छ ।
सेवा हप्ताको दुई दिन आइतबार र बुधबार सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले जानकारी दिनुभयो ।
यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार पाउने छन् ।
भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा सञ्चालनमा ल्याएपछि विरामीलाई सहज हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्