
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो चरण अन्तर्गत आज सात खेल हुँदैछन् ।
नेपाली समय अनुसार साँझ पौने ८ बजे आर्सनलले घरेलु मैदानमा लेस्टर सिटीसँग खेल्दैछ । खेलमा आर्सनल लगातार दोस्रो जितको निकाल्न चाहान्छ भने लेस्टर पहिलो जित निकाल्न चाहन्छ ।
यस्तै म्यानचेस्टर सिटीले, आर्सनल, म्यानचेस्टर युनाइटेडलगायतको टिमले आजको खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी साविक विजेता सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ, सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ भने बर्नेमाउथ पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
राति १०ः१५ बजे म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डको सामना गर्नेछ ,म्यान्यृु पहिलो जितको खोजीमा हुनेछ भने ब्रेन्टफोर्ड पनि पहिलो जित निकाल्न चाहन्छ ।
आजका अन्य खेलमा एभर्टनले एस्टन भिल्लासँग खेल्नेछ । ब्राईटनले न्युकासल युनाइटेडसँग खेल्दा लिड्सले साउथह्याम्पटनको सामना गर्नेछ । प्रतिस्पर्धा गदौ उल्भ्स र फुलहमबीच भिडन्त हुनेभएको छ ।
प्रतिक्रिया दिनुहोस्