
विराटनगर । बैशाख महिनामा मात्र २ अर्ब ८ करोड खर्च गरेको प्रदेश नम्बर १ सरकारले असार महिनाको २५ दिनमा ९ अर्ब ६७ करोड बजेट सकेको छ ।
असार १ देखि २५ गतेसम्मको अवधिमा चालुतर्फ ३ अर्ब २३ करोड र पुँजीगतर्फ ६ अर्ब ४४ करोड रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । यो कुल बजेटको ३१.९५ प्रतिशत खर्च हो । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजार रुपैयाँ बजेट थियो । त्यसमध्य ३० अर्ब २८ करोड ६८ लाख १ हजार ३४ रुपैयाँ अर्थात् ८७ .१३ प्रतिशत बजेट खर्च भएको जनाइएको छ ।
गत आर्थिक वर्षको तुलनामा प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ प्रतिशत बजेट खर्च बढाएको तथ्याङ्क छ । गत वर्ष प्रदेश १ मा ६४.३९ प्रतिशत बजेट खर्च भएको थियो ।
प्रतिक्रिया दिनुहोस्