१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव देखियो : मुख्य प्रशिक्षक प्रभाकर


663
Shares

काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् ।

उनले यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने बताए । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुर स्थित त्रिभुवन क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे ।

प्रभाकरले नेपाली खेलाडीले आईपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरै भन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।

नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएपनि धेरै जसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरण छन् । तर पछिल्लो समय टोली भित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्ने चुनौती छ ।

यस्तै, उमेर समूहले छिटो सिक्ने र परिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गरे । प्रशिक्षक प्रभाकर पुबुदु दाशानायकेको राजीनामा दिएपछि नेपालको त्रिकेट सम्हाल्न नेपाल आएका हुन् ।