
सांकेतिक तस्विर
काठमाडौं । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।
अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् ।
आइतबार राति मोटरसाइकलमा आएका अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका हुन् ।
गोली लागि घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
घाइते गुरुङ नेपाल भारत सीमामा सामान पास गराउने काममा कार्यरत रहेको बुझिएको छ । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्दछ । गोली प्रहार गर्नेको ब्यापक खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्