१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामकाे क्षेत्र नम्बर १ बाट नेता खनालले उम्मेदवारी दिने

सबै भन्दा ठूलो समूह लचिलो भए बाम एकता सम्भव

2.769k
Shares

इलाम । नेकपा एकीकृत समाजवादी (एस) का सम्मानित नेता झलनाथ खनालले संघीय निर्वाचनमा इलामबाट आफूले उम्मेदवारी दिने बताउनुभएको छ ।

गृहजिल्ला इलाममा साेमबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले प्रदेश र संघीय निर्वाचनमा तालमेलका लागि केन्द्रमा छलफल भइरहेको बताउदै तालमेलका विषयमा दलहरूले आ–आफ्नै प्रस्ताव समेत राखिरहेको बताउनुभयो ।

तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यवहारिक नहुने उहाँको भनाइ छ । स्थानीय निर्वाचनलाई भन्दा २०७४ सालकै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई आधार मान्नुु व्यवहारिक हुने नेता खनालले बताउनुभयो ।

उहाँले बामपन्थीको व्यापक मोर्चा बनोस् भन्ने पहिल्यैदेखि सबैले शुभेच्छा राखेको समेत बताउनुभयाे । देशको सबै भन्दा ठूलो बाम समूह लचिलो भए बाम एकता सम्भव हुने पनि उहाँकाे तर्क छ । तर, सबै भन्दा ठूलो बाम समूूहको नेतृत्वले आवश्यकता बोध गरेकाे खण्डमा मात्रै बाम एकता सम्भव रहेको उहाँले बताउनुभयाे ।

इलाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रमका लागि उहाँ इलाममा आउनुभएको हाे ।