
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखाना संचालनका लागि अध्ययन गर्न आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री शर्माले सोमबार मन्त्रालयमा राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनसँग छलफल गर्दै कारखानाको अध्ययन गर्न केन्द्रका अध्यक्ष महाबीर पुनलाई आग्रह गर्नुभएको हो ।
यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रका रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको मन्त्री शर्माले उल्लेख गर्नुभयो ।
केन्द्रका अध्यक्ष पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताउनुभयो ।
कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने योजना प्रति आफ्नो समर्थन रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्