
सर्लाही । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले पहिलाे पटक सतप्रतिशत रकम संकलन सफल भएको छ ।
गत आर्थिक वर्षमा १ सय १ दशमलव ८९ प्रतिशत रकम संकलन गर्न सफल भएको हो । गत आर्थिक वर्षमा यस वितरण केन्द्रले ४० करोड ५८ लाख ११ हजार ९ सय ७२ रुपैयाँ ११ पैसा संकलन गर्दै पहिलो पटक लक्ष्य प्राप्त गरेको हो ।
यस केन्द्रले पुरानो बाँकी रकम समेत उढाउने कार्यलाई निरन्तरता दिएकाले नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सरोज कुमार साहले जानकारी दिनुभयो । प्रमुख साहका अनुसार पछिल्लो समय डिजिटल माध्यमको प्रयोगले गर्दा समेत लक्ष्य प्राप्ति गर्न सहज भएको छ । गत आर्थिक वर्षमा ४० प्रतिशत रकम डिजिटल माध्यमबाट उठेको प्रमुख साहको भनाइ छ ।
ग्राहकले पुरानो रकम नतिरेर अटेरी गर्दा लाइन काट्न थालेपछि धेरै नउठेको रकम समेत उठ्न थालेको प्राधिकरणले जनाएको छ । विद्युत काट्न थालेपछि कतिपय ग्राहकले आफैै आएर समेत पैसा तिर्न थालेको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बताउनुभयाे । गत आर्थिक वर्षमा मात्र पुरानो रकमा करिब १ करोड उठाउन सफल भएको उहाँले बताउनुभयाे ।
आर्थिक वर्ष २०७७/०७८ मा १६५५२८११.२८ वक्याैता रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा आइपुगदा वक्याैता रकम १५६१८७१४९.७७ मा झरेको लेखा प्रमुख हिदय नारायन चौधरीले जानकारी दिनुभयो । पुरानाे रकमलाई सून्यमा झार्ने लक्ष्यका साथ यस वर्षको सुरूदेखि आफूहरू लागि परेको लेखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
ग्राहकलाई थप सुविधा होस् भनेर घुम्टि महशुल काउटर राख्ने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख साहले जानकारी दिनुभयो । भदाै महिनाभित्र प्रत्येक साताको आइतबार र सोमबार हरिवन बजार, हरिवन नगरपालिका, मंगलबार र बुधबार महेन्द्र बजार ईश्वरपुर नगरपालिका र बिहिबार शुक्रबार हरिपुर बजार हरिपुर नगरपालिकामा धुम्टि महशुल काउटर राख्ने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र प्रमुख साहले बताउनुभयाे ।
यसरी घुम्टि महशुल काउटर सर्लाही राख्दा ग्राहकलाई पैसा दिन सहज हुने प्रमुख साहको भनाइ छ । यस्तो गर्दा ग्राहकले पाउने छुट समेत पाउन सहज हुने लालबन्दी वितरण केन्द्रले जनाएको छ । हाल प्राधिकरणले बिल काटेको ७ दिनभित्र महशुल बुझाउँदा २ प्रतिशत छुट दिने गरेको छ भने ७ देखि १५ दिनसम्म बिल बराबरको रकम मात्र बुझाउँदा पुग्ने भएकाे छ । १५ दिनपछि थप दस्तुर बुझाउनु पर्ने प्रावधान रहेको प्राधिकरणले जानाएको छ ।
१५ देखि ३० दिनसम्म थप ५ प्रतिशत र ३१ देखि ४० दिनसम्म १० प्रतिशत र ४० दिनपछि २५ प्रतिशत थप गरेर महशुल बुझाउनु पर्ने नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण विद्युत महशुल बिनियमावली अनुसार मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महशुल नबुझाएका ग्राहकको लाइन काट्ने प्रावधान रहेकाे छ ।
गत आर्थिक वर्षमा चुहावट नियन्त्रण गर्ने कार्यमा समेत प्राधिकरण केही सुधार गर्न सफल भएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा २२ दशमलव ८३ रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १८ दशमलव ८९ मा झार्न सफल भएको विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ ।
यसरी चुहावट गर्ने ४३ जानलाई प्रहरीको सहयोगमा समातेर कारबाही गरेको र थप ८५ संस्था तथा व्यक्तिबाट गरी ५ लाख ५४ हजार ७ सय ४३ रुपैयाँ जरिवाना बापत संकलन गरेको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले जानाएको छ ।
प्रतिक्रिया दिनुहोस्