
बैतडी । सुदूरपश्चिम प्रदेशमा बुधबार भदौं १ गते सार्वजनिक बिदा दिइएको छ ।
ओल्के पर्वको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो ।
प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बुधबार बिदा हुने जनाइएको छ ।
सुदूरपश्चिमका पहाडी समुदायमा भाद्र १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गर्दछन् । ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ । यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमा समेत मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्