२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अवैध रूपमा लगाइएका गाजा खेती प्रहरीले नष्ट गर्दै

२५ सय अवैध गाजाको बोट नष्ट

351
Shares

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध रूपमा खेती लगाइएका लागूऔषध गाजा नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

जसअन्तर्गत सन्धिखर्क नगरपालिकाको अर्घा र डिभर्ना लगायतका ठाउँबाट २५ सय अवैध गाजाको बोटको फडानीसहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो।

गाजा लागूऔषध भएकाले गाजा खेती, उत्पादन, खरिद र बिक्री तथा ओसारपसार गर्नेलाई लागूऔषध नियन्त्रण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो । त्यस्तै पछिल्लो समय विद्यालय क्षेत्रमा पढ्ने विद्यार्थी समेत कुलतमा लाग्नेको संख्या बढ्दो क्रममा रहेकाले अभिभावकले आफ्ना बालबालिकाको विशेष निगरानी गर्न जरुरी रहेको उहाँकाे भनाइ छ ।

गाजा फडानी तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयाे । अभियानको क्रममा सचेतना कार्यक्रम गरिदै आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयाे ।