१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीयता बारे देउवा र ओलीकाे एउटै दृष्टिकोण रहेकाे मुख्यमन्त्री पाण्डेकाे दावी


4.108k
Shares

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयताकाे विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको दृष्टिकोण उस्तै रहेको बताउनुभएको छ ।

बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कुर्सीमा पुगेपछि यसअघि एमालेका अध्यक्ष ओली पनि अनुदार भएको उहाँकाे भनाइ छ ।

अध्यक्ष ओलीले प्रदेशलाई युनिट भन्ने गरेको स्मरण गर्दै उहाँले ओली संघीयताको पक्षमा नभएको आरोप लगाउनुभएको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा पनि संघीयताप्रति अनुदार देखिएको मुख्यमन्त्री पाण्डेको आरोप छ ।