६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘माइती आँगन’ तीज गीत सार्वजनिक


988
Shares

काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेको गीतमा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिंग रहेको गीतको भिडियोको निर्देशन लन्डनका युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् ।

निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन् । काव्या श्रेष्ठको सह निर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।

भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शीक्षा पौडेल, विनिता थापा, विनि खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरलगायतको अभिनय रहेको छ ।