१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१३३ जना वरिष्ठ अधिवक्तालाई प्रमाणपत्र हस्तान्तरण


182
Shares

काठमाडौं । सर्वोच्च अदालतले १३३ जना वरिष्ठ अधिवक्तालाई वरिष्ठ अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दे सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कायममुकायम प्रधान न्यायाधीश दिपककुमार कार्कीले अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

असार २९ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले १ सय ३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो । कानून व्यवसायमा १५ वर्ष भन्दा बढी संलग्न रहेका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो ।