७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राष्ट्रपतिले महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभयो स्वीकार गर्नुपर्छ : गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनु भएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको स्वीकार गर्नुभयो । उहाँले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताउनुभयो । उहाँले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताउनुभयो ।

सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताउनुभयो । उहाँले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउनुभयो । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने बताउनुभयो ।

सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताउनुभयो । उहाँले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताउनुभयो ।