
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा निर्वाचनमा जस्तै सक्रियतापूर्वक परिचालन हुन वाईसीएललाई निर्देशन दिनुभएको छ ।
वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन एक ढिक्का भएर लाग्न निर्देशन पनि दिनुभएको छ । अध्यक्ष दाहालले देशको परिवर्तन र समाजवादको यात्रामा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभएको हो ।
पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरुले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् । प्रतिक्रियावादी जाली फटाहाहरुबाट जनतालाई सुरक्षित गराउने वाईसीएल नेपालको भूमिका दुरगामी र महत्वपूर्ण रहेको अध्यक्ष दाहालले बताउनुभयो ।
नेपालको समाजवादी क्रान्तिकारी आधार निर्माण गर्न युवाहरु लाग्नुपर्ने दाहालको भनाइ थियो । पार्टीमा ४० वर्ष उमेर कम उमेरका धेरै युवाहरु समेटेको भन्दै उहाँले वाइसिएल पार्टीका भातृ संगठन भएपनि झण्डै झण्डै निर्णायक भूमिका खेलेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्