
काठमाडौं । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शुक्रबार ४८७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ पुगेको छ ।
कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्