१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती महिलाको उद्दार


1.066k
Shares

ओखलढुंगा । ओखलढुंगामा जोखिममा परेका ३५ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई उद्दार गरिएको हो ।

जोखिममा उनीहरुलाई हवाई उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले समन्वय गरेर उद्दार गर्दै आएको ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो ।

साेही कार्यक्रमबाट दुर्गममा जीवनमरणको जोखिममा परेका महिलाहरु लाभान्वित भएकाे उहाँले बताउनुभयाे ।