
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधि सभाकाे बैठक स्थगित गर्ने तयारी भएको छ ।
बैठक आइतबार बिहान ११ बजे बस्ने तय भएको थियो । आइतबार बस्ने प्रतिनिधि सभाको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।
कांग्रेसका नेता गिरीको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु जानु पर्ने भएकाले बैठक स्थगित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
शनिबार राति साढे ९ बजे कांग्रेस नेता गिरीको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्