
सिन्धुली । सिन्धुलीका राजु थापाले सिन्का बनाउने मेसिनको नेपाली आविष्कार गर्ने जिम्मा पाएका छन् ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-४ साङ्बेलाका राजु थापाले बासको सिन्का बनाउने मेसिन तयार गरेर बजारमा ल्याउने भएका हुन् । थापाले महावीर पुनको आविष्कार केन्द्रमा उक्त मेसिन बनाएका छन् । मेसिनले प्रतिघण्टा ३ सय केजी सिन्का उत्पादन गर्ने थापाले बताएका छन् ।
सोही सिन्का बनाउने मेसिनबाट निस्केको सिन्काले झाडु, सिन्के धुप र बरफको सिन्का बनाउन सकिने भएकाे छ । थापाले झण्डै २ महिना लगाएर आविष्कार गरेको सिन्का बनाउने मेसिनको मूल्य २ लाख रुपैयाँ पर्ने छ ।
यसअघि नेपालमा सिन्को बनाउने मेसिन भारतबाट आयात गरिदै आईएको छ । भारतबाट आयात गर्दा उक्त मेसिनको मूल्य ५ लाख पर्दथ्यो । नेपालमा दाँत कोट्याउने सिन्काको आयात आर्थिक वर्ष २०७७/०७८ मा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यका टुथ पिक्स आयात भएको एक तथ्यांकले देखाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको छ । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व अशुल गरेको छ । आर्थिक वर्ष २०७७/७८ नेपालमा २ करोड ३ लाख मूल्यको ७ लाख ७२ हजार किला टुथ पिक्स आयात भएको थियो । विभिन्न देशबाट नेपालमा दात कोट्याउने सिन्का आयात हुने गरेको छ ।
यसअघि थापाले आकाशमा उड्ने प्यारामोटर र माछाको कत्ला खुईलाउने मेसिन बनाइसकेका छन् । माछाको कत्ला खुईलाउने मेसिनको मूल्य १ लाख ८० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्