
काठमाडौं । टर्कीमा भएको छ्ट्टाछुट्टै सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ ।
टर्कीको दक्षिणपूर्वी क्षेत्र मार्डिमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । सोही घटनामा घाइतेहरुको उद्धारमा संलग्न बस दुर्घटना हुँदा थप १६ जनाको मृत्यु भएको हो ।
पहिलो घटनामा २० जना घाइते हुँदा दोश्रो दुर्घटनामा २९ जना थपिएका छन् । पहिलो बसलाई ट्रकले ठक्कर दिंदा सडकबाट दुई सय मिटर तल खसेको थियो । टर्कीमा यसअघि गत साता भएको सडक दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्