२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त


221
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयले गायक पोखरेललाई नेपालको ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गरेर गायक पोखरेललाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको पनि बताउनुभयो । उहाँले गायक पोखरेलले कलामार्फत नेपाल र नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास लिएको बताउनुभयो ।