२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण


10.608k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

आइतबार उहाँले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यी दुबै विधेयक संसदका दुबै सदनबाट पारित भएर केही दिनअघि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवास पठाइएको थियो ।