
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ टक्सारको पोक्तिङ खोलामा सडक पुल निर्माण कार्यमा ढिलाई हुँदा स्थानीयलाई सास्ती भएको छ ।
पक्की पुल निर्माणका लागि ठेक्का लागेको डेढ वर्ष बितिसक्दा समेत ठेकेदार कम्पनीले एउटा पिलरको जग उठाउने काम बाहेक केही गरेको छैन् । पूर्वाधार विकास कार्यालय मार्फत ४ करोड ३५ लाख लागतमा काष्ठमण्डप कन्ट्रक्सन कम्पनीले लिएको ठेक्काको समय सीमा आगामी कात्तिक महिनामा सकिंदैछ ।
वर्षालगायतका विभिन्न बहाना बनाएर ठेकेदार कम्पनीले आलटाल गरेको स्थानीयले बताएका छन् । पक्की पुल समयमै नबनेका कारण पोक्तिङ खोलाको जीर्ण झोलुंगे पुलबाट स्थानीय आवतजावत गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्