१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सिन्धुलीमा निर्वाचन खर्च नबुझाउने १ हजार बढी उम्मेदवार कारबाहीमा


143
Shares

सिन्धुली । सिन्धुलीमा गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका १ हजार भन्दा बढी उम्मेदवारहरुले निर्वाचन खर्च समयमै नबुझाएका कारण कारबाहीमा परेका छन् ।

निर्वाचन आयोगले कानून बमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने सिन्धुलीका १ हजार १ सय ७९ जना उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ । निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था छ ।

तर सिन्धुलीमा स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारले निर्वाचन खर्च आयोगले तोकेको समयमा नबुझाएपछि उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएकाे आयोगले जनाएकाे छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाहरुमा सिन्धुली जिल्लामा हालसम्म ७६ जनाले मात्र खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका डिल्ली घिमिरेले बताउनुभयो ।

सिन्धुली जिल्लामा गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा १ हजार २ सय ५५ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।