
बैतडी । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ ।
सिगास गाउँपालिका ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेकी बिन्दुलाई सोमबार बिहान साढे ११ बजे थलाकाडाबाट हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।
आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि सोमबार हेलिकप्टरबाट उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।
जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्याउन ४ घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म अत्यधिक रक्तश्राप हुने खतरा रहेकोले सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्