१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विश्वभरका हिन्दुलाई पशुपतिनाथको दर्शनका लागि भित्र्याउने वातावरण मिलाउनुपर्छ : मन्त्री श्रेष्ठ


182
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार पशुपति संग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मालम्वीलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने दाबी गर्नुभयो ।

मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बँुदे कार्यक्रम घोषणा गर्दा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणमा महत्व दिएको उहाँले बताउनुभयो । मूर्त र अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनबाट मात्रै नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकको अभिवृद्धि गर्न सकिने मन्त्री श्रेष्ठले तर्क गर्नुभयो ।