१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भुवन केसीको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन


104
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज (सोमबार) पनि हुन सकेन ।

केसीले प्रमाणपत्र तह मात्र उत्तीर्ण गरेकाले योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ सोमबार हुने भनिएतापनि सुनुवाइ हुन सकेन । सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ ।

बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उत्तीर्ण हुनुपर्ने र केसीको योग्यता नपुगेको भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

केसीलाई बोर्ड अध्यक्षको रूपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरूको तर्क छ । अध्यक्ष बन्न स्नातक उत्तिर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको माग गरेका छन् ।