
झापा । नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीको बजारीकरणका लागि ‘वहा अलैंची’ नामक कार्यक्रम ल्याएको छ ।
नगदेबालीको रुपमा हेरिने अलैची खेतीलाई प्राथमिकता दिन कार्यक्रम ल्याईएको महासंघले जनाएको छ ।
वाह अलैची कार्यक्रमको प्रदेश नम्बर– १ का कृषि मन्त्री झलकसिंह दर्लामीले उद्घाटन गर्दै नेपालमा उत्पादित अलैंची विश्व वजारमा प्रख्यात रहेको बताउनुभयो । नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेको उहाँले बताउनुभयो ।
नेपालमा वार्षिक ७ अर्ब रुपैयाँको अलैची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४ सय हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा अलैंची खेती हुँदै आएको छ । वार्षिक झण्डै पाँच हजार पाँच सय मेट्रिकटन अलैंची उत्पादन हुने गरेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो ।
यसैबीच, महासंघले आजै मास्टर सेफ सन्तोष शाहलाई अलैंचीको ब्राण्ड एम्बासेडरमा समेत मनोनित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्