
सर्लाही । सर्लाहीमा एक वर्षमा झण्डै २ हजार २ सय नयाँ उद्योग थपिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय नयाँ उद्योग थपिएका हुन् ।
थपिएका उद्योगमध्ये १ हजार ५ सय ४१ वटा कृषिजन्य उद्योग मात्रै रहेका छन् ।
कृषिजन्य उद्योग अन्तर्गत कृषि, पशुपंक्षी, माछापालन, फलफूल तथा तरकारीलगायत उद्योग पर्ने घरेलु तथा साना उद्योग ४ सय १५ वटा सेवामूलक उद्योग र २ सय ३१ वटा उत्पादनमूलक उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २ सय ४४ वटा बढी उद्योग दर्ता भएका हुन् । अघिल्लो आर्थिक वर्षमा सर्लाहीभर १ हजार ९ सय ४३ घरेलु उद्योग दर्ता भएका थिए ।
प्रतिक्रिया दिनुहोस्