१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणकाे काम ठप्प


156
Shares

ओखलढुंगा । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा पुनर्निर्माणको काम ठप्प भएको छ ।

निजी आवास पुनर्निर्माणमा खटिएका कर्मचारीको करार अवधि नथपिंदा माथिल्लो सगरमाथाका ३ वटा जिल्लामा पुनर्निर्माणको काम ठप्प भएको हो । सघन सहरी तथा भवन निर्माण विभागले कुनै परिपत्र नगर्दा ३ वटै जिल्लामा भूकम्प लाभग्राहीको काम ठप्प भएको हो ।

कर्मचारीको करार अवधि थप नहुँदा फिल्डमा गएर घर निरीक्षण गर्ने र अनुदान किस्ताका लागि सिफारिस गर्ने लगायतका काम प्रभावित भएको छ ।

कर्मचारीको करार थप गर्ने विषयमा अन्याेलता भएका कारण कार्यालय खोल्ने कामबाहेक पुनर्निर्माणको अन्य काम हुन नसकेको भवन कार्यालयले जनाएको छ ।