
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई असफल पार्ने बाहेक केपी शर्मा ओलीले अरु काम नगरेको आरोप लगाउनुभएको छ ।
चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उहाँले आफूलाई ओलीले चितवनमा असफल पार्ने बाहेक अरु काम नगरेको आरोप लगाउनुभयो ।
राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उहाँले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको भए पनि ओलीले जनताको पक्षमा काम गर्न नसकेको तर्क गर्नुभयो ।
पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने र दाहाललाई चितवनमा कसरी असफल पार्ने भन्नेबाहेक प्रधानमन्त्रीका रूपमा ओलीले केही गर्न नसकेको दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्