
काठमाडौं । प्रदेश १ लोकसेवा आयोगका सचिव बाबुराम खतिवडाले प्रदेश सरकारलाई जनशक्तिको अभाव भएपनि आयोगसँग जनशक्तिको माग नगरेको दाबी गर्नुभएको छ ।
बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको छलफल कार्यक्रममा बोल्दै उहाँले प्रदेश १ मा ५० प्रतिशत जनशक्तिको अभाव रहेको बताउनुभयो । त्यसलाई परिपूर्ति गर्न आयोग तयार रहेको उहाँले बताउनुभयो । प्रदेश लोकसेवा आयोगले दशैँ अघिसम्म ६ सय जनशक्ति स्थानीय तहलाई आपूर्ति गर्ने गरी तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
सचिव खतिवडाले अहिले कर्मचारीले पूर्ण स्वतन्त्र भएर काम गर्न नसकेको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्