
काठमाडौं । प्रतिनिधिसभाबाट पास भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक राष्ट्रियसभाबाट रोक्न लागेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
नेपाल एनिमल साइन्स एशोसियसन, पारा भेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन र पशु स्वास्थ्य सेवा प्राविधिक संघले विधेयक रोक्न लागेको भन्दै प्रदर्शन गरे ।
नेपाल भेटेरीनरी काउन्सील ऐन २०५५ ले पशु स्वास्थ्यको क्षेत्रलाई सम्बोधन नगरेको भन्दै संसदको कृषि तथा जलस्रोत समितिले विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।
समितिको निर्देशन अनुसार ल्याइएको विधेयकलाई लिएर भेटेरीनरी डाक्टरहरुले विरोध गर्दै आएका छन् । उनीहरुले भेटेरीनरी काउन्सील ऐन प्रतिस्थापन गर्ने गरी विधेयक ल्याइएको भन्दै रोक्नुपर्ने माग गरेका छन् । तर, पशु सेवा क्षेत्रका अन्य संस्थाले भने भेटेरीनरी काउन्सील ऐनले सबै क्षेत्रलाई नसमेटेका कारण विधेयक ल्याउनु परेको र यसको कुनै ऐन नमिच्ने बताउँदै आएका छन् ।
यो विधेयक आएपछि विशेषज्ञता हासिल गरेका पशु चिकित्सकले पशु स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउने भएका कारण यसलाई रोक्न नहुने उनीहरुको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्