१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘प्रकाश’को प्रिमियरमा कलाकारको घुइँचो


689
Shares

काठमाडौं । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ‘प्रकाश’को प्रिमियर शो गरिएको हो ।

शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र प्रकाशमा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका रहेको छ । प्रिमियरमा कलाकार, निर्माता, निर्देशक लगायत चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेर्न अभिनेता आर्यन सिग्देलदेखि अभिनेत्री दीपाश्री निरौला, नम्रता श्रेष्ठ, कलाकार अनुभव रेग्मी लगायतका कलाकारको उपस्थिति थियो । प्रिमियर शो पछि प्रदीपले चिलचित्र सबैले मन पराएकोमा खुशी व्यक्त गरे । उनले नेपाली फिल्म राम्रो बनाउन नेपाली दर्शकले साथ, सहयोग र प्रतिक्रिया दिनुपर्ने आवश्यक रहेको पनि बताए ।

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयलाई फिल्मले जोड दिएको छ । राज्यबाट शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माणबाट ओझेल परेको कर्णाली प्रदेश र त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन, विम्वात्मक रूपमा नेपालको वास्तविकता झल्काउन चलभित्र प्रकाशले प्रयास गरेको छ ।

चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत रहेको छ भने चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन् ।