१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थेरवादी बौद्ध भिक्षुबाट भिक्षा ग्रहण


182
Shares

काठमाडौं । पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ ।

दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए ।

काठमाडौंको महाबौद्धबाट स्वयम्भू भगवानपाउ सम्म बौद्ध भिक्षुबाट हिडेर भिक्षाटन ग्रहण भएको हो । स्थानीयहरुले अष्टपरिकार सहितका भिक्षा बौद्ध भिक्षुलाई प्रदान गरेका थिए । सो अवसरमा स्वयम्भूमा दीप प्रज्वलन, बौद्ध त्रिरत्न वन्दना, परित्राण पाठ र धर्म देशना समेत गरिएको थियो । दीप प्रज्वलन १२ औं पटक भएको समितिले जनाएको छ ।

आजै नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार आज नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा दान गरिन्छ ।