१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा हराउन लागेकाे स्याब्रु नाचकाे संरक्षण गरिदै


858
Shares

ओखलढुंगा । स्याब्रु नाच बौद्धमार्गी शेर्पा समुदायको प्रचलित मौलिक नाच हो ।

ओखलढुंगामा चाडपर्व र मेला लगायतका अवसरमा सामूहिक रुपमा नाचिने स्याब्रु नाच हराउँदै जान थालेपछि संरक्षण गर्न थालिएको हाे । शेर्पा समुदायले आयोजना गर्ने हरेक शुभकार्यमा स्याब्रु नाच अनिवार्य मानिन्छ । स्याब्रु नाचले कार्यक्रमको शोभा समेत बढाउने गरेको छ ।

टुङ्नाको धुनसँगै यसरी नै गीत गाउँदै खुट्टा चलाएर सामूहिक नाचिने स्याब्रु नाच ओखलढुंगामा हराउँदै जान थालेको छ । बौद्धमार्गी शेर्पा समुदायमा प्रचलित यो नाच मेला, पर्व र चाड लगायतका अवसरमा नाच्ने गरिन्छ । शेर्पा समुदायको पहिचान बोकेको स्याब्रु नाच नयाँ पुस्ताले बिर्सँदै जान लागेकाले यसको संरक्षण गर्न थालिएको हो ।

ओखलढुंगाको लेकाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलाई नेपाल शेर्पा संघले स्याब्रु नाचको प्रशिक्षण दिएको छ । संघले हालसम्म खिजीदेम्बाका भुसिंगा, पात्ले र खिजीफलाटे लगायतका ठाउँमा प्रशिक्षण दिइसकेको छ ।

हरेक शुभकार्य तथा स्वागत र बिदाइमा स्याब्रु नाचको नाच्ने शैली फरक हुन्छ । स्याब्रु नाच महिला र पुरुष दुवैले नाच्न मिल्छ । तर यो नाच प्रशिक्षणमा शेर्पा समुदायका महिलाहरुको आकर्षण बढी देखिएको छ ।

शेर्पा समुदायले आयोजना गर्ने हरेक शुभकार्यमा स्याब्रु नाच अनिवार्य मानिन्छ । स्याब्रु नाचले कार्यक्रमको शोभा समेत बढाउने गरेको छ ।