
काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताउनु भएको छ ।
सचिव भट्टराईले चालू केन्द्रिय कमिटी बैठकले निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी गर्नु भयो । उहाँले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी केन्द्रिय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने बताउनुभयो ।
सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको दोहो¥याउनु भयो । सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न पनि केन्द्रिय कमिटी बैठकले निर्देशन दिने बताउनु भयो ।
उहाँले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्