१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुली अस्पतालले सुरू गर्‍यो जटिल शल्यक्रिया


130
Shares

सिन्धुली । सिन्धुलीमाडीमा अवस्थित सिन्धुली अस्पतालले जटिल शल्यक्रिया सुरू गरेको छ ।

विगतको तुलनामा सिन्धुली अस्पतालमा विशेषज्ञ डाक्टर, सक्षम स्वाथ्यकर्मीहरु र प्रविधिको उपलव्धता भएसँगै जटिल किसिमका शल्यक्रियाहरु सुरू हुन थालेको हो ।

विभिन्न बिरामीहरुको जटिल शल्यक्रिया सफलतापुर्वक गरिएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलले जानकारी गराउनुभयो ।

सिन्धुली अस्पतालबाट आर्थिक वर्ष २०७८/८९ मा ६ सय ६७ जनाले प्रसूति सेवा लिएका मध्धे ५२ जनाले जटिल र २३१ जनाले शल्यक्रिया गरेर प्रसूति सेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ ।

अस्पतालमा आउने अन्य रोगी बिरामीहरूको तुलनामा गर्भवती महिलामा जटिल समस्या भएमा अस्पतालमा सघन कक्ष र नवजात शिशु कक्ष व्यवस्था नभएकाले अन्य अस्पतालमा रिफर गराउने प्रचलन रहेकोमा केही समय यता भने जटिल अवस्थाका केही बिरामीहरूको शल्यक्रिया समेत गरी सफलता कमाईएको अस्पतालले जनाएको छ ।

बितेको एक वर्षको अवधिमा ८ सय ५० जना गर्भवतीले नियमितरूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गराए बापत र अस्पतालमा प्रसूति भएकाहरुले प्रोत्साहन भत्ता समेत पाएका छन् ।