
धनकुटा । स्थानियतहको निर्वाचन पछि धनकुटामा २ हजार ८ सय नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार २ हजार ८ सय २६ जना नयाँ मतदाता थपिएका हुन् । धनकुटामा अब कुल मतदाताको संख्या १ लाख, १८ हजार ७ सय ९० पुगेको छ ।
धनकुटाम १ प्रतिनिधी सभा र २ प्रदेश सभा क्षेत्र रहेका छन् । जसमा प्रदेश सभा ‘क’ मा ६२ हजार ४ सय ७१ र पदेशसभा ‘ख’ मा ५६ हजार ३ सय १९ जना मतदाता रहने भएको जिल्ला निर्वाचन कार्यलय धनकुटाका प्रमुख जयराम श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्