१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँच वटा सहकारी मिलेर बन्ने भयो – ‘नेशनल आइडल यमुना सहकारी’


871
Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँच वटा सहकारी एकआपसमा गाभिने भएका छन् ।

राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था एक आपसमा गाभिने सम्झौता भएको हो ।

गाभिएपछि संस्थाको कारोबार झण्डै नौ अर्ब पुग्ने एवं बचत ४ अर्ब ६३ करोड बराबर हुने पनि जनाइएको छ । यस्तै, चार अर्ब ९९ करोड ऋण तथा लगानी पुग्दा कुल सम्पत्ति ७ अर्ब ५८ करोड पुग्ने जनाइएको छ ।

गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख, सदस्य सङ्ख्या ३५ हजार बढी र ऋणी सदस्य संख्या ६ हजार ८ सय बढी पुग्ने पनि जनाइएको छ ।

यस्तै, ५ सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख माथि पुग्नुका साथै कर्जा जोखिम कोष १२ करोड ४२ लाख बढी पुग्ने पनि जनाइएको छ । योसंगै संस्थाको तरलता रकम समेत एक अर्ब १४ करोड बराबर पुग्ने जानकारी गराइएको छ ।