
बारा । बारा जिल्लामा अवैध रुपमा साना हतियारको ओसारपसार बढन थालेपछि स्थानीय त्रसित भएका छन् ।
बाराको सिम्रौनगढ क्षेत्रमा डेढ वर्षयता ९ वटा पेस्तोल, त्यसमा लाग्ने गोली सहित ११ युवक पक्राउ परेपछि सिम्रौनगढ नगरपालीका हतियार ओसारपसारको केन्द्र बन्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
दुवै देशका सीमामा रहेका प्रहरीलाई छलेर भारतबाट लुकीछिपी ल्याएका हतियार सहित आपराधिक ब्यक्ति पक्राउ पर्न थाले पछि जिल्लामा त्रास बढेको हो । लुटपाट, डरत्राससँगै कतिपयले रवाफ देखाउन तथा आफ्नो निजी सुरक्षाका लागि भन्दै भारतीय नागरिकबाट सानाहतियार मगाउने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्